६ जेष्ठ २०८१, आइतबार

टीआरसी विधेयकबारे बालुवाटारमा तीन दलको बैठक

प्रकाशित मिति :  25 December, 2023 5:43 pm


काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन सत्तादेखि प्रतिपक्षी नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा जुटेका छन्।

केही दिनदेखि तीन नेताबिच छलफल भएपछि सोमबार अपरान्ह दोस्रो तहका नेताहरूसमेत राखेर छलफल थालिएको हो। अहिले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरू जुटेका हुन्।

उक्त छलफलमा नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र नेता राधेश्याम अधिकारी पनि सहभागी छन्।

एमालेबाट संसदीय दलका सचेतक महेश बर्तौला र नेता अग्नि खरेल पनि बालुवाटार पुगेका छन ।



प्रतिक्रिया दिनुहोस !