उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्छ: अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाश शरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् ।
उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । उनले विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेका विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत् प्राधिकरणले पुनः विचार गर्नुपर्ने बताए ।
अर्थमन्त्री महतले साँच्चिकै तिर्नुपर्ने रकम कति हो वा होइन? भन्ने कुराको निक्र्यौल गरी सहज भइसकेपछि यस्ता निर्णय लिन उपयुक्त हुने बताए । उनले धेरै समय पर्खिसकेपछि प्राधिकरणले अनुकूल समयमा र आर्थिक हिसाबले सहज भएको अवस्थामा यस्तो निर्णय गर्दा राम्रो हुने बताए ।
“जुनबेला साँच्चिकै डेडिकेटेड लाइन भनेर विशेष अवसर लोडसेडिङ हुँदा दिएको थियो । त्यो के हो, त्यसको निक्र्यौल गरेर मात्रै यसलाई साँच्चिकै तिर्नुपर्ने कति हो की होइन रु र अहिले सिमेन्ट लगायत विभिन्न उद्योगमा अलिकति दबाब भइरहेको अवस्थामा हामीले यसलाई विचार पु¥याएर काम गर्नुपर्छ ।”, उनले भने,”यो विद्युत् प्राधिकरणको क्षेत्राधिकार हो । तैपनि समग्रतामा अहिले समस्या नै भएको बेलामा, अलिकति सहज भइसकेपछि उनीहरूलाई धेरै दबाब पर्दैन । त्यो विषयमा विद्युत् प्राधिकरणले सोच्दा राम्रो हुन्छ । पछिल्लो निर्णय के आधारमा पुग्यो रु त्यो मलाई जानकारी भएन । तर मलाई लाग्छ, साँच्चिकै दायित्व अब तिर्नुपर्ने जुन नियमका आधारमा छ भने त्यही हिसाबले हेर्ने हो तर समय यतिन्जेल हामी पर्खिसक्यौँ भने अलिकति अनुकूल समयमा त्यो पनि यथार्थ निक्र्यौलका आधारमा दिनैपर्ने दायित्व पूरा गर्नुपर्छ ।”
अर्थमन्त्री महतले सरकारले अप्ठ्यारो बेलामा उद्योगी व्यवसायीहरूलाई राहत दिनुपर्ने बताए ।








