२१ मंसिर २०८२, आइतबार

प्रधानमन्त्री प्रचण्डले आज ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रकाशित मिति :  26 December, 2023 2:00 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनले आज (मंगलबार) साँझ ५ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् ।



प्रतिक्रिया दिनुहोस !