६ जेष्ठ २०८१, आइतबार

सहकारी र मिटरब्याजका ठगहरू राज्यको नियन्त्रणमा आएका छन्: प्रचण्ड

प्रकाशित मिति :  26 December, 2023 5:38 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र मिटरब्याजका ठगहरू राज्यको नियन्त्रणमा आएको बताएका छन् ।

मंगलबार सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् । उनले अब सरकारको कार्यशैली समेत बदलिने घोषणा गरेका छन् ।

“आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन,” उनले भने, “म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ।”

केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा रहेको जानकारी दिँदै उनले सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुने पनि स्पष्ट गरे ।



प्रतिक्रिया दिनुहोस !