१७ बैशाख २०८१, सोमबार

अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुँदैनः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  26 December, 2023 5:47 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालयमा राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उनले अब इमानदार र दक्ष व्यक्तिलाई विश्वविद्यालमा लैजाने बताए ।

“विश्वविद्यालय सुधार्न राजनीतिक भागबन्डा हुने छैन । अब विश्वविद्यालयमा इमानदार र मेरिटोक्रेसीलाई ध्यान दिइनेछ । यसको सुरूवात त्रिभुवन विश्वविद्यालयबाटै गरिने छु”, उनले भने,” म दलहरू, नागरिक समाज र राज्यका सबै निकायलाई समेत क्रमभंगताको अपील गर्दछु। अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न होइन, विश्वविद्यालयहरू सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र लगानीका लागि हुनेछन् ।”

उनले शिक्षाको गुणस्तर सुधार्न बहुआयामिक कदम चाल्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !