६ जेष्ठ २०८१, आइतबार

विदेश जाने सेना र प्रहरीले तीन दिनभित्र स्मार्ट लाइसेन्स पाउने

प्रकाशित मिति :  27 December, 2023 4:59 pm


काठमाडौँ । यातायात व्यवस्था विभागले विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) दिने भएको छ।

विभागले बुधबार एक सूचना जारी गर्दै लाइसेन्स शीघ्र प्रिन्टका लागि पुस १५ गते आइतबारदेखि अनलाइन पोर्टलमार्फत आवेदन दिन आग्रह गरेको छ।

विशेष अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक तथा शान्तिसेना मिसनमा विदेश जाने नेपाली सेना र नेपाल प्रहरीलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र दिने विभागले जनाएको छ।

निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुने विभागले जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !