१६ बैशाख २०८१, आइतबार

देशभर ६० हजार भन्दा बढीको कोरोना परीक्षण, प्रदेश-५ मा परीक्षण सुस्तता यथावत

प्रकाशित मिति :  1 May, 2020 5:03 pm


काठमाण्डौं,१९ वैशाख ।

सरकारले कोरोनाको आशंकामा ६० हजार भन्दा बढीको परीक्षण भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पीसीआर विधिबाट १२ हजार ५ सय ७७ र आरडीटी विधिबाट ४७ हजार ७ सय ९७ गरि कूल ६० हजार ३ सय ७४ जनाको परीक्षण भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाको भनाई छ ।

परीक्षणको गति हेर्दा सबैभन्दा कम प्रदेश नम्बर ५ मा देखिएको छ । सबैभन्दा धेरै व्यक्तिपनि प्रदेश ५ भित्र क्वारेन्टाइनमा छन् । आज एकैचोटी नेपालगञ्ज र बुटवलमा कोरोना संक्रमित भेटिएपछि प्रदेश ५ थप दबावमा परेको छ ।

सरकारको तथ्याङक अनुसार अहिलेसम्म प्रदेश १ मा ५ हजार ८९, प्रदेश २ मा ५ हजार ६ सय १७, बागमती प्रदेशमा ८ हजार ४ सय ९४ जनाको परीक्षण भएको छ ।

यस्तै गण्डकी प्रदेशमा ५ हजार ४ सय ११ जना र प्रदेश ५ मा ४ हजार ३५ जनामा परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

कर्णालीमा ५ हजार ५ सय ६७ र सुदूर पश्चिम प्रदेशमा  १३ हजार ५ सय ८४ जनाको परीक्षण भएको छ । सरकारको तथ्याङक अनुसार सबैभन्दा धेरै परीक्षण सदूर पश्चिम प्रदेशमा भएको छ भने सबैभन्दा कम परीक्षण प्रदेश- ५ मा छ ।

यस्तै देशभर २४ हजार ९ सय ७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ । जस अनुसार प्रदेश १ मा २ हजार ८ सय ७७, प्रदेश २ मा १ हजार ३ सय ३२, बागमती प्रदेशमा ५ सय ३८, गण्डकी प्रदेशमा ७ सय ८ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै प्रदेश ५ मा १२ हजार १ सय ६३,कर्णाली प्रदेशमा ३ हजार ७ सय २४ र सुदूर पश्चिम प्रदेशमा ३ हजार ५ सय ६२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर क्वारेन्टाइनमा बसेका मध्य झण्डै ५० प्रतिशत प्रदेश ५ मा मात्रै छन् ।

क्वारेन्टाइनमा सबैभन्दा धेरै भएपनि परीक्षण भने सबैभन्दा कम भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित समाचार :

थप दुईजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ५९ पुग्यो



प्रतिक्रिया दिनुहोस !