२२ बैशाख २०८१, शनिबार

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

प्रकाशित मिति :  29 December, 2023 7:09 am


काठमाडौँ । नेपाली कांग्रेसको बैठक आजपनि बस्ने भएको छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ ।

बिहिबार पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुरु भएको बैठक शुक्रबार पनि जारी रहि बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

हिजोको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए । ‘समुदायमा कांग्रेस अभियान’को कार्य योजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !