२२ बैशाख २०८१, शनिबार

टर्कीमा सवारी दुर्घटना: ११ जनाको मृत्यु, ५७ घाइते

प्रकाशित मिति :  29 December, 2023 11:17 am


काठमाडौँ ।टर्कीमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ५७ जना घाइते भएका छन् ।

राज्य सञ्चालित टीआरटी प्रशारकका अनुसार दुर्घटना हिजाे (बिहीबार) उत्तरी मारमारा राजमार्गमा उत्तरपश्चिमी साकार्या प्रान्त नजिकै भएको हो। राजमार्गको इस्तानबुलको दग्दिबी क्षेत्रमा बाक्लो हुस्सुका कारण भएको चेन दुर्घटनामा तीनवटा बस र एउटा ट्रकसहित सातवटा सवारीसाधन ठोक्किएका हुन्।

दुर्घटनापछि राजमार्गको इस्तानबुल दिशामा यातायात ठप्प भएको थियो। साकारियाका गभर्नर यासर करादेनिजले घाइतेहरूको १० वटा विभिन्न अस्पतालमा उपचार भइरहेको बताए।

टर्कीका न्यायमन्त्री यिलमाज टुन्कले दुर्घटनामा तीन जना सरकारी वकिललाई उपप्रमुख सरकारी वकिलको समन्वयमा खटाएको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !