१२ बैशाख २०८१, बुधबार

उत्तर कोरियाली नेता किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए

प्रकाशित मिति :  2 May, 2020 7:51 am


This picture taken on May 1, 2020 and released from North Korea’s official Korean Central News Agency (KCNA) on May 2, 2020 shows North Korean leader Kim Jong Un (2nd R) attending a ceremony to mark the completion of Sunchon phosphatic fertilizer factory in South Pyongan Province, North Korea. (Photo by STR / KCNA VIA KNS / AFP) / – South Korea OUT / —EDITORS NOTE— RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT “AFP PHOTO/KCNA VIA KNS” – NO MARKETING NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS / THIS PICTURE WAS MADE AVAILABLE BY A THIRD PARTY. AFP CAN NOT INDEPENDENTLY VERIFY THE AUTHENTICITY, LOCATION, DATE AND CONTENT OF THIS IMAGE — / (Photo by STR/KCNA VIA KNS/AFP via Getty Images)
  उत्तर कोरियाको सरकारी समाचार संस्था कारियन सेन्ट्रल न्यूज एजेन्सीले सार्वजनिक गरेको नेता किमको ताजा तस्विर

एजेन्सी,२० वैशाख ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन २० दिनपछि सार्वजनिक रुपमा देखिएका छन् ।

उनको स्वास्थ्यलाई लिएर अनेक अडकलबाजी भईरहेका बेला किम सार्वजनिक कार्यक्रममा सहभागि भएको उत्तर कोरियाका मिडियाले सार्वजनिक गरेका छन् ।

उनको मृत्यु भएकोसम्म हल्ला फैलिएको थियो । केसीएनए सामाचार संस्थाका अनुसार किम एक फ्याक्ट्रिको उद्घाटन कार्यक्रममा सहभागि भएका छन् ।

कार्यक्रममा किम आफ्ना बहिनी तथा अन्य वरिष्ठ अधिकारीहरुकाकाथ कार्यक्रममा सहभागि भएका थिए ।
अप्रिल १५ मा उनको हजुरबुवाको जन्मोत्वस कार्यक्रममा सहभागि नभएपछि अनेक आशंका उठन सुरु गरेको थियो ।

उनी अप्रिल ११ मा पार्टीको पोलिटब्यूरो बैठकपछि अन्य कुनै सार्वजनिक कार्यक्रममा सहभागि भएका थिएनन् । किमको मुटुको सर्जरी गरेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको तथा मृत्यु भएको समाचारहरु सार्वजनिक भएका थिए ।

तर त्यसलाई गलत सावित गर्दै गत बुधबार पार्टी कमिटी तथा सरकारी अधिकारीहरुलाई हस्तलिखित निर्देशन जारी गरेका थिए । तर विगतका भन्दा निर्देशनहरु फरक रहेको भन्दै आशंका यथावत थियो ।

उनी सार्वजनिक कार्यक्रममै सहभागि भएको फोटो सार्वजनिक भएपछि उनबारे फैलिएका हल्ला गलत पुष्टि भएको छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कारियन सेन्ट्रल न्यूज एजेन्सीले सार्वजनिक गरेको नेता किमको तस्विर



प्रतिक्रिया दिनुहोस !