१८ बैशाख २०८१, मंगलबार

महानगरमा बनाउनुपर्ने सांस्कृतिक सम्पदा दुई वर्षभित्र बनाइसक्छौँ: मेयर महर्जन

प्रकाशित मिति :  29 December, 2023 5:53 pm


ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर क्षेत्रमा बनाउनुपर्ने सांस्कृतिक सम्पदाहरूको निर्माण दुई वर्ष भित्रमा पूर्ण हुने बताएका छन् ।

शुक्रबार ललितपुर १९ को सद्भाव मेला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मेयर महर्जनले महानगर क्षेत्र भित्रमा बनाउनुपर्ने मठ, मन्दिर, शिवालय, देवालयहरूअबको दुई वर्षभित्र बनाएर सक्ने प्रतिबद्धता जनाए ।

उनले महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यअनुसार आफू अघि बढिरहेको बताए । उनले महानगरको नीतिअन्तर्गत पोखरीहरु मास्न नदिने स्पष्ट पारे ।

उनले ललितपुर महानगरले सम्पदाको क्षेत्रमा धेरै काम गरिसकेको र लगभग १४० वटा पार्टी पौवा बनाइसकेको बताए ।मेयर महर्जनले महानगरभित्रका कुनैपनि सार्वजनिक मास्न नदिने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !