१८ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय

प्रकाशित मिति :  31 December, 2023 2:10 pm


काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपा,ललितपुरमा आज सम्पन्न केन्द्रीय समिति बैठकले आगामी राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको जानकारी दिए । उनले यस विषयमा सत्ता गठबन्धनमा छलफल हुने बताए ।

विश्वकर्माले भने,“गठबन्धनमा यसबारे छलफल हुन्छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बीचमा सहमतिको आधारमा साझा उम्मेदवार बनाउने हाम्रो बैठकको निर्णय हो ।”

बैठकले अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक पटक छुटेका व्यक्तिका साथै समुदाय तथा भूगोललाई समेट्ने गरी उम्मेदवारी छनौटमा प्राथमिकता दिने निर्णय गरेको विश्वकर्माले जानकारी दिए ।

आगामी माघ ११ मा राष्ट्रियसभा निर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !