१८ बैशाख २०८१, मंगलबार

लुम्बिनी प्रदेशमा १ वर्षसम्म पनि संसदीय समिति सभापति चयन हुन सकेन,निर्वाचन स्थगित

प्रकाशित मिति :  31 December, 2023 2:59 pm


देउखुरी । लुम्बिनी प्रदेशसभाको विषयगत समिति सभापतिको निर्वाचन स्थगित भएको छ ।

प्रदेशसभा सचिवालयले आज सूचना जारी गरी पुस १७ का लागि तोकिएको समिति सभापतिको निर्वाचन स्थगित भएको जानकारी गराएको हो ।

प्रदेशसभा निर्वाचन भएको एक वर्षभन्दा बढी भइसके पनि लुम्बिनी प्रदेशका संसदीय समितिको नेतृत्व अझै चयन हुन सकेको छैन ।

लुम्बिनी प्रदेशसभाका सदस्यहरूले गत पुस १७ शपथ लिएका थिए । प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सुरु भएको थियो ।

माघ ३ मा सभामुख र उपसभामुख चयन भए पनि संसदीय समितिको सभापति अझै चयन हुन सकेका छैनन् ।

लुम्बिनी प्रदेश सभा अन्तगृत अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानून, सार्वजनिक लेखा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक विकास र कृषि वन तथा वातावरण समिति छन् ।



प्रतिक्रिया दिनुहोस !