१८ बैशाख २०८१, मंगलबार

नागरिकको अवस्था परिवर्तनका निम्ति सरकार अहोरात्र खटिरहेको छः मन्त्री गुरुङ

प्रकाशित मिति :  31 December, 2023 5:43 pm


काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरूङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छन् ।

आइतबार काठमाडौँको टुडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनको निम्ति अहोरात्र खटिरहेको बताएकी हुन् ।

उनले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरूप्रति सरकार सजग रहेको बताइन् । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशि सहभागिता जोगाउने चुनौति रहेको पनि बताइन् ।

“नेपाल बहुजाति, बहुभाषि, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो । यसखालको विविधता नै नेपालको छुट्टै पहिचान हो । परिचय हो । नेपालको सम्पति हो । नेपालका हरेक जातजातिको आफ्नै पहिचान र परम्परा छन् । सांस्कृतिक मूल्य र मान्यता छन् । हाम्रो पुर्खाले यसलाई सदिऔँदेखि जोगाएर हाम्रो काँधमा आइपुगेको छ,” उनले भनिन्,”नागरिकको तर्फबाट, समुदायको तर्फबाट र राज्यको तर्फबाट हामी सबैले धार्मिक र सांस्कृतिक सम्पदा र संस्कृतिलाई यसरी नै जोगाएर लान सकौँ । राज्य सबैको अभिभावक हो र हुनुपर्दछ । विगतमा पक्कैपनि असमानताहरु थिए । र हाम्रो असन्तुष्टिहरु पनि थिए । तर आज परिस्थिति फेरिएको छ । केही न केही राज्यको तर्फबाट नागरिकका आवाजहरुलाई सुनिएका छन् ।”

मन्त्री गुरुङले नेपालको सांस्कृतिक मूल्य र मान्यताहरूलाई बचाउनुपर्नेमा जोड दिइन् । उनले धार्मिक र सांस्कृतिक सम्पदा र संस्कृतिलाई जोगाएर लानुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !