१८ बैशाख २०८१, मंगलबार

मन्त्री किरातीको टिप्पणीः नेपालको पर्यटन क्षेत्रमा कुरा बढी, काम कम

प्रकाशित मिति :  31 December, 2023 5:59 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डले आइतबार काठमाडौामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परेपनि सोचेअनुसार अघि बढ्न नसकेको बताए ।

उनले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेपनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको बताए । उनले नेपालको स्थानीय पर्व र स्वादलाई ब्रान्डिङ गरेर पनि नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने बताए ।

“मैले सुरुमा मन्त्री हुँदा भनेको थिए–नेपालको पर्यटन नेपालीपनको हुनुपर्छ । कस्तो हो नेपालीपनको भन्दा नेपालको प्रकृति भव्य छ । संस्कृति उस्तै भव्य छ । संस्कृति र प्रकृतिको समायोजनबाट निर्माण हुने पर्यटन नेपाली पर्यटन हुनेछ । र, त्यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनेछ । अब हामीले काठमाडौँमा मात्र विकास गरेर मान्छे नबस्ने भयो,” उनले भने, “अब गाउँमा नयाँ पर्यटकीय गन्तव्यहरू हामीले विकास गर्नुपर्नेछ । त्यही कारण हामीले पुरानो गाउँ खोजीको कुरा गर्‍यौं गन्तव्य बनाउनका लागि । हामीले सम्पदा गाउँ निर्माणको कुरा ग(र्यौं । साँस्कृतिक गाउँ निर्माणको कुरा गर्‍यौं ।”

मन्त्री किराँतीले नेपालको प्रकृति र संस्कृतिको समायोजन गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।



प्रतिक्रिया दिनुहोस !