१८ बैशाख २०८१, मंगलबार

बालकुमारी घटनाको अनुसन्धान गर्न पौडेलको अध्यक्षतामा आयोग गठन

प्रकाशित मिति :  1 January, 2024 10:49 am


काठमाडौँ। सरकारले बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

आज (सोमबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट सो घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरिएको हो ।

आयोगका सदस्यमा पूर्वएआईजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहेका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

उक्त आयोगलाई एक महिनाको कार्यादेश दिइएको छ । आयोगको सुझावसहितको प्रतिवेदन बुझाएपछि सरकारले आवश्यक कदम चाल्ने उनले बताइन् । गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !