१८ बैशाख २०८१, मंगलबार

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि सिके राउत पक्राउ

प्रकाशित मिति :  1 January, 2024 11:24 am


काठमाडौँ । माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसहित ५१ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ४७ जना पुरुष र ४ जना महिलालाई माइतीघरबाट पक्राउ गरिएको हो ।

जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान केही व्यक्ति सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।



प्रतिक्रिया दिनुहोस !