६ जेष्ठ २०८१, आइतबार

युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको छ: अध्यक्ष केसी

प्रकाशित मिति :  1 January, 2024 1:03 pm


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै केसीले बालकुमारी घटनालाई सामान्य रूपमा लिन नहुने जिकिर गरे । उनले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्यकाविरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको बताए ।

केसीले भने, “जुन घटना भएको छ, यसलाई हामीले फुटकर रूपमा लिएर छलफल गरिरहेका छौँ । मूलकुरा के हो भने हामीले गणतन्त्र, लोकतन्त्र ल्यायौँ, देशलाई औद्योगिकरण गर्न सकेनौँ । त्यसकारणले रोजगारीका लागि लाखौँलाख नेपाली युवाहरू विदेश जानुप¥यो । कुन चाहीँ मन्त्रीले गल्ती गर्‍यो भन्दा पनि हामीले जुन लोकतन्त्र र गणतन्त्र ल्यायौँ । नेपाली जनताले ठूलो आश गरेका थिए । अब अहिले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्यकाविरुद्ध आक्रोशमा आउनु यो ठूलो घटना हो ।”

सांसद केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई के दियौँ भन्नेबारेमा समीक्षा गर्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !