६ जेष्ठ २०८१, आइतबार

विदेशमा गइ परिवार पाल्छु भन्ने दुई युवालाई गृह प्रशासनले हत्या गर्‍यो: सभापति लामिछाने

प्रकाशित मिति :  1 January, 2024 3:49 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गइ कमाएर परिवार पाल्छु भन्ने युवाहरूको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको विरोध गरेका छन् ।

सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका बालकुमारीमा दुई जना युवाले ज्यान गुमाउनुभएको जिकिर गरे । उनले सरकारले दुई युवाहरुको हत्या गरेको बताए ।

भुसको थुप्रोमुनि हराएको सियो र गृहमन्त्री र समुन्द्रमा हराएको टाइटनिक भेटिए पनि सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने टिप्पणी गरे । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ? भन्दै प्रश्न गरे ।

सभापति लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरी अधिकारीहरुलाई सरुवा गर्नु, प्रकरणमा मुसिएकाहरुलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !