६ जेष्ठ २०८१, आइतबार

हुन्डाईको नयाँ वर्ष अफर सार्वजनिक, गाडी खरिदमा आकर्षक छुट

प्रकाशित मिति :  1 January, 2024 4:45 pm


काठमाडाैँ । हुन्डाई अटाेमाेबाइलकाे आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई न्यु इयर डिलाइट २०२४’ योजना ग्राहकहरू माझ ल्याएको छ । यो योजना यही आज (पुष १६) देखि नेपाल भरिका सबै शोरुममा सुरू भएको छ।

यस योजना अन्तर्गत, ग्राहकहरूले रु. ५,००,००० सम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप रु.५०, ००० सम्मको गो-ग्रीन बोनसका साथै गाडीको मोडल इएरको आधारमा रु.५,००,००० सम्मको छुट प्राप्त गर्न सक्ने छन् । योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीले जनाएको छ ।

सबै हुन्डाई आईसीई गाडीहरूमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्ग र ईभी गाडीको ब्याट्रीमा ८ बर्ष र मोटरमा २ बर्ष वारेन्टी उपलब्ध हुनेछन्। यस स्किमबाट हुन्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सकिने कम्पनीले जनाएकाे छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरू र ४३ भन्दा बढी चार्जिङ पोइन्टहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !