७ जेष्ठ २०८१, सोमबार

पोखराको विशेष फर्निचरमा आगलागी, कराेडकाे क्षति अनुमान

प्रकाशित मिति :  2 May, 2020 1:24 pm


समाचार प्रतिनिधि फाेटाे ।

काठमाडाैं, २० वैशाख । 

कास्कीकाे पोखरास्थित विशेष फर्निचरमा आगलागी भएकाे छ । पोखरा महानगरपालिका वडा नं. ९ नागढुंगास्थित फर्निचरमा आगलागीकाे कारण करिव एक कराेड रकम बराबरकाे क्षति भएकाे अनुमान गरिएकाे छ ।

सञ्चालक दुर्गा प्रसाद भट्टराईका अनुसार प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहायताले आगो २ घण्टामा नियन्त्रणमा आएको थियो । विद्युध सर्ट भएर आगलागी भएको अनुमान गरिए गरिएकाे छ भने थप अनुसन्धान भइरहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !