२३ बैशाख २०८१, आइतबार

टीभीएस आईक्युबको ग्रीन रेभोलुसन राइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

प्रकाशित मिति :  3 January, 2024 11:29 am


काठमाडौँ । नेपालको लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी दिएको छ । टीभीएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो ।

सिङ्गल चार्जमा नै धेरै भन्दा धेरै माइलेज दिने, राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्य जस्ता विशेषताहरूले गर्दा लन्च भएको ४ महिनाभन्दा कम समयमा नै आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।

यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३,५०० किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको कम्पनीले जानकारी दिएको छ, जुन लगभग १७५ वटा रूख रोपेको बराबर हो । साथै अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ ।

समग्रमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ । साथै सरकारी कोषमा परेको विदेशी मुद्राको भार पनि घटाउन यसले मद्दत पुर्‍याएको छ । विश्वव्यापी रूपमा टीभीएस आईक्युब २२५,००० घरहरूमा पुग्न सफल भएको छ । १.२५ बिलियन किलोमिटर भन्दा बढी दुरी गुड्दा टीभीएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३,७६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ जुन १.७ मिलियन रूखहरू रोपेको बराबर हुन्छ ।

१००,००० किमीको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टीभीएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रा.लि.को सहकार्यमा टीभीएस आईक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ ।

नक्सालको टीभीएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टीभीएस आईक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागीता थियो ।

कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनको मेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !