२० बैशाख २०८१, बिहिबार

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति :  3 January, 2024 11:55 am


काठमाडौँ । सुनचाँदी बजारमा छापावाला सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ घटेर प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २० हजार २०० रुपैयाँ तोकिएको छ ।

महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलाको १४६० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आज बुधबार तोलामा १० रुपैयाँ घटेर प्रतितोला १४५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !