२० बैशाख २०८१, बिहिबार

भृकुटीमण्डपमा नवौँ नेपाल बुड अन्तर्राष्ट्रिय मेला हुने, सय वटा स्टल रहने

प्रकाशित मिति :  3 January, 2024 3:43 pm


काठमाडौँ । पुस २० गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल बुड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । पुस २० गते शुक्रबारबाट सुरू हुने मेला २२ गते आइतबारसम्म तीन दिन सञ्चालन हुनेछ ।

मेलाबारे जानकारी दिँदै मिडिया स्पेस सोलुसन्ल प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले नेपाल बुड अन्तर्राष्ट्रिय प्रदर्शनी हामीले नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा.लि. र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि.ले गर्न लागेको बताए । उनले विगत ८ वर्षदेखि सहकार्य गर्दै मेला सञ्चालन गरिरहेको जानकारी दिए। मेलामा स्वदेशी तथा विदेशी गरी एक सय वटा स्टलहरू रहने आयाेजकले जनाएकाे छ ।

प्रबन्ध निर्देशक भट्टराईले फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी आयोजना गरिएको बताए । अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू रहने छ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने आयोजकको विश्वास रहेको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनीयर्स तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहने बताइएको छ ।

प्रदर्शनीले नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन माध्यम बनाउने आयोजकको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !