२० बैशाख २०८१, बिहिबार

इन्जिनियरहरूले आफ्नो गरिमालाई बचाउने कुरामा ध्यान दिन आवश्यक छ: मन्त्री गुरुङ

प्रकाशित मिति :  3 January, 2024 3:36 pm


काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरुलाई आफ्नो पदीय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गरेकी छन् ।

देश विकासको गर्विलो आधार र आम मानिसहरूले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरूले आफ्नो गरिमालाई बचाउने कुरामा ध्यान दिनुपर्ने मन्त्री गुरुङको भनाई थियो ।

बुधवारबाट काठमाडौँमा सुरू भएको नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले नेपाली जनताको विकासको तीव्र चाहनालाई सम्बोधन हुनेगरी पूर्वाधार विकासका काममा इन्जिनियरहरू लाग्नुपर्ने आवश्यकता पनि औँल्याइन् ।

मन्त्री गुरुङले पूर्वाधार निर्माणको कामलाई जनमैत्री बनाउनुपर्नेमा पनि इन्जिनियरहरू सचेत हुनुपर्ने बताइन् । उनले पूर्वाधार विकासका कारण जोखिमयुक्त अवस्था आउन नदिनका लागि सम्बन्धित पक्षहरूबिचमा बलियो सहकार्य गरेर अघि बढ्नुपर्ने बताइन् ।

मन्त्री गुरुङले प्रभावकारी हुनेगरी पूर्वाधार निर्माणका लागि डिजाइनको काम गर्ने कुरामा पनि इन्जिनियरहरूलाई सचेत गराइन् ।



प्रतिक्रिया दिनुहोस !