२० बैशाख २०८१, बिहिबार

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६४ पुग्यो

प्रकाशित मिति :  3 January, 2024 4:17 pm


काठमाडौँ । जापानको इशिकावा प्रान्तमा सोमबार बिहान गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ ।

इशिकावामा बुधबार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको हो। इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै घाइते भएको बताइएको छ।

जापानको मौसम विज्ञान एजेन्सीले आगामी दुईदेखि तीन दिनमा शक्तिशाली परकम्पहरू आउनसक्ने चेतावनी दिएको छ। सोमबारदेखि जापानमा कम्तिमा १ सय ५५ पराकम्प गएको छ।



प्रतिक्रिया दिनुहोस !