२० बैशाख २०८१, बिहिबार

नेपाल डेरी एसोसिएसनको २४ औं वार्षिक साधारण सभा माघ ७ गते गर्ने निर्णय

प्रकाशित मिति :  3 January, 2024 5:56 pm


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले २४ औँ वार्षिक साधारण सभा माघ ७ गते गर्ने निर्णय गरेको छ ।

एसोसिएसनको केन्द्रीय समितिको जुम बैठकले स्थापना दिवस तथा २४ औँ साधारण सभा माघ ७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

यसअघि धनगढीमा गर्ने भनिएको वार्षिक साधारणसभा विविध कारणले काठमाडौंमा सारिएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

यसपटक वार्षिक साधारणसभामा एसोसिएसनले नियमित गर्ने प्रक्रिया अन्तर्गत आर्थिक, साङ्गठनिक छलफल तथा समीक्षा गर्ने अध्यक्ष दाहालको भनाई छ ।

एसोसिएसनले वार्षिक रुपमा गरिका गतिविधि माथि छलफल एवं आगामी वर्ष संगठनले गर्ने वार्षिक कार्ययोजना पारित गर्ने महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

साधारणसभा सम्पन्न गर्नका लागि केन्द्रीय उपाध्यक्ष दीपप्रसाद धमलालाई संयाेजककाे जिम्मेवारी दिइएको छ ।

एसोसिएसनका १३ जिल्ला र सात प्रदेशबाट करिब ३ सय प्रतिनिधिको सहभागिता रहने संयोजक धमलाले जानकारी दिए ।

अहिले सात वटै प्रदेश एवं जिल्लामा धमाधम साधारणसभा सम्पन्न गरि प्रतिनिधि पठाउने काम भइरहेको एसोसिएसनले जनाएको छ ।

पुस २० गते बागमती प्रदेश, पुस २१ गते सुदुरपश्चिम प्रदेश र पुसको अन्तिम हप्ता लुम्बिनी प्रदेशको साधारणसभा सम्पन्न हुने कार्यतालिका छ । यस्तै अन्य प्रदेशमा साधारणसभा सम्पन्न भइसकेको उपाध्यक्ष मनोज कुमार घिमिरेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !