२१ बैशाख २०८१, शुक्रबार

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुग्यो

प्रकाशित मिति :  4 January, 2024 11:18 am


काठमाडौँ । जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ। जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।

सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७।६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो। भूकम्प पीडितको उद्धार र राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ।

जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो। ९ म्याग्निच्युडको उक्त भूकम्पपछि आएको शक्तिशाली आँधीका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !