११ बैशाख २०८१, मंगलबार

बम विष्फोटको छानविन गर्न गर्न प्रदेश र संघीय सरकारलाई गाँउपालिकाको आग्रह

प्रकाशित मिति :  2 May, 2020 4:44 pm


रोल्पा, २० वैशाख ।

बेवारिसे बम विष्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएपछि रोल्पाको त्रिवेणी गाँउपालिकाले यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।

गाँउपालिकाले सत्यतथ्य र निष्पक्ष छानविन गर्न तथा परिवारजनलाई उचित क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारको गम्भिर ध्यानआर्षण गराएको छ ।

गाँउपालिका अध्यक्ष शान्तकुमार ओलीले निकालेको विज्ञप्तिमा भनिएका छ,‘ यस दुःखद घटना घटेको क्षेत्र वरपरका थप स्थानमा खोजतलास गर्न तथा बम बेवारिसे कसले राख्यो ? भन्ने कुराको सत्यतथ्य र निष्पक्ष छानविन गर्न तथा परिवारजनलाई उचित क्षतिपूर्तिका लागि प्रदेश र संघीय सरकारको ध्याकर्षन गराउँदछौं ।’

गाँउपालिकाले गाँउघर वा जंगल क्षेत्रमा कुनै पनि शंकास्पद वस्तु देखिएमा नचलाउन र तत्काल सुरक्षाकर्मी वा सम्बन्धित वडा कार्यालमा जानकारी दिनका लागि सम्पूर्ण अपिल समेत गरेको छ ।

त्रिवेणी गाँउपालिकाको वडा नं. ६ मैतिगातिनामा बैशाख १८ गते बेलुकी बेवारिसे बम विष्फोट हुँदा बाखा्र चलाएर घर फर्किरहेका १५ बर्षीय नोखिराम डाँगी,१३ बर्षीय गौरव नेपाली,११ बर्षीया विमला के.सी. र ५ बर्षीय विजय के.सी.को घटनास्थलमै ज्यान गएको थियो ।

बम द्धन्द्धकालकै रहेको अनुमान गरेपनि पुष्टि भने हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !