२० बैशाख २०८१, बिहिबार

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता, ग्राहकलाई निशुल्क आयल चेन्ज

प्रकाशित मिति :  4 January, 2024 3:49 pm


काठमाडौँ । नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ ।

जाडो मौसमले दुई पांग्रे सवारीसाधनमा नकारात्मक असर पर्नसक्ने हुनाले सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाएको छ ।

गत पुस ५ देखि १४ गते सम्म संचालित सो क्याम्प काठमाडौँ उपत्यकाका ५ स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा गरिएको थियोे । भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरूलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज प्रदान गरेको थियो ।

सो क्याम्पमा सहभागी २६०० भन्दा धेरै ग्राहक मध्ये पाँच भाग्यमानी ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिएको थियो । लक्की ड्रबाट रत्न केशरी रंजितकार (भक्तपुर) , रन्जु नेपाल (बनेपा), नविना श्रीश (एकान्तकुना), रोमिका न्यौपाने (गहनापोखरी) र मोनिका श्रेष्ठ (झम्सिखेल) बिजेता भएका थिए । क्याम्प नेपाल ल्युब आयल र भेस्पारअप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिको संयुक्त आयोजनामा भएको हो ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्रान्ड विगत ३९ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ



प्रतिक्रिया दिनुहोस !