२० बैशाख २०८१, बिहिबार

चीन र भारतसँग नेपालले प्रतिस्पर्धा गर्न सक्ने बजार पर्यटन मात्रै होः वर्षमान पुन

प्रकाशित मिति :  4 January, 2024 5:11 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् ।

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पुनले नेपालमा चीन, भारत र अमेरिकाबाट बढी पर्यटकहरू आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बताए ।

भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरू बाहिरिने गरेको भन्दै ती पर्यटकहरू नेपालले तान्न सक्नुपर्ने पुनको भनाइ छ । नेपालले चीन र भारतसँग प्रतिस्पर्धा गर्न सक्ने बजार पर्यटन मात्रै भएको उनले बताए ।

पुनले भने, “हामीले ठूला ठूला उत्पादन गरेर चिनियाँ बजारमा वा भारतीय बजारमा पप्रतिस्पर्धा गर्न सक्दैनौँ । तर, प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र यो हो । त्यही सम्भावनाअनुसार नै पर्यटकहरू पनि आइरहेका छन् ।”



प्रतिक्रिया दिनुहोस !