२० बैशाख २०८१, बिहिबार

नारायणहिटीलाई ग्राण्ड म्युजियमका रूपमा विकास गरौँः अध्यक्ष नेपाल

प्रकाशित मिति :  4 January, 2024 5:17 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी दरबारलाई ‘ग्रान्ड म्युजियम’का रूपमा विकास गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले नारायणहिटीलाई ग्रान्ड म्युजियमका रूपमा विकास गरेसँगै नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राखिनुपर्नेमा जोड दिए ।

रामापिथेकसदेखि सुरु गरेर राजतन्त्र अन्त्यसम्मको इतिहास झल्कने गरी संग्रहालय बनाउनसके नेपालको इतिहास अध्ययन गर्नेका निम्ति राम्रो हुने उनले बताए ।

“गणतन्त्रसम्बन्धी एउटा छुट्टै, बेग्लै एउटा स्मारक बनाउनुपर्छ । एउटा छुट्टै म्युजियम बनाउनुपर्छ,” उनले भने, “लखन थापामगरदेखि अहिलेसम्मका जति पनि जनताको लडाइँ, संघर्ष, त्याग, तपस्या बलिदान सबैका गाथाहरू लेख्नुपर्छ । संविधान निर्माण गरेसम्मका इतिहास लेखौँ । हामीले छुट्टै बनाउनुपर्छ । त्यो मान्छेहरू हेर्न चाहन्छन् ।”



प्रतिक्रिया दिनुहोस !