२० बैशाख २०८१, बिहिबार

सांसद बरालको प्रश्न: विदेशी पर्यटक भित्र्याउन बोर्डसँग व्यवस्थित योजना छैन ?

प्रकाशित मिति :  4 January, 2024 5:57 pm


काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले विदेशी पर्यटक नेपाल भित्र्याउन पर्यटन बोर्डसँग व्यवस्थित योजना नरहेको बताएकी छन् । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा।धनञ्जय रेग्मीले समितिमा प्रस्तुत गर्नुभएको कार्यपत्रबाट पर्यटन बोर्ड विदेशी पर्यटकलाई कसरी व्यवस्थित रुपमा नेपाल भित्र्याउने भन्ने समृद्ध योजनामा नरहेको स्पष्ट हुने बताइन् ।

उनले भनिन्, ‘यहाँ अर्गनाइजेशन छन्, कतिवटा संगठनहरु छन्, कतिले कसरी काम गरिरहेका छन् भन्नेकुरा अहिलेको प्रस्तुतिमा कतै आएन । त्यसको मतलव हामी व्यवस्थित रुपमा नेपाल बाहिरबाट नेपाल भित्रिने पर्यटकहरुलाई कसरी ल्याउँछौँ भन्ने कुरामा समृद्ध योजनामा छैनौँ भन्न सक्छौँ ।’

उनले कार्यकारी निर्देशक रेग्मीले आफ्नो कार्यपत्रमा विदेशमा कति अर्गनाइजेशन छन्, कति वटा संगठनहरु छन् र तिनीहरुले के काम गरिरहेका छन् रु भन्नेबारेमा भन्न नसकेको बताइन् । बाहिर रहेर नेपालमा पर्यटक भित्र्यान कसले कति प्रभावकारी काम गर्न सक्छन् भन्ने कुराको व्यवस्थित योजना बनाउन आवश्यक रहेको बताइन् ।

सांसद बरालले पर्यटन बोर्डले नेपाल आउने पर्यटकहरुले नेपालमा घुम्ने ठाउँहरुको जानकारी लिन कल सेन्टरको व्यवस्था गर्न नसकेको बताइन् । उनले नेपाल आउने पर्यटकलाई सूचना दिने पहिलो श्रोत नेपाल पर्यटन बोर्ड हुनुपर्ने बताइन् । सांसद बरालले काठमाडौँ, चितवन, पोखरा र लुम्बिनीभन्दा बाहिर पनि कार्यक्रमहरु गर्ने र पर्यटन प्रवद्र्धन गर्न आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !