२२ बैशाख २०८१, शनिबार

सशस्त्र प्रहरीमा २८८ जनाका लागि भर्ना खुला

प्रकाशित मिति :  5 January, 2024 8:42 am


काठमाडौँ । सशस्त्र प्रहरीले विभिन्न पदमा २८८ जनाका लागि भर्ना खुला गरेको छ । सशस्त्रले प्रहरी निरीक्षक ९इन्स्पेक्टर० देखि परिचरसम्म विभिन्न पदमा २८८ जना भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

सशस्त्र प्रहरीले बलले आज एक सुचना जारी गर्दै ९९ इन्स्पेक्टर, ९८ असई, ६५ भान्से, १० कुचीकार, ४ सुचीकार, ४ केशकर्तक, ५ चर्मकर्मी र तीन जना परिचरका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुकले आगामी माघ १० गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ। आवेदनकर्ताले अनलाइन फारम भरी आफुलाई पायक पर्ने सशस्त्र प्रहरी बल नेपालको तोकिएका कार्यालयमा स्वमं उपस्थित भइ दरखास्त फारम बुझाउन सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !