६ जेष्ठ २०८१, आइतबार

नेकपा (एमाले) रोल्पाद्वारा संगठन सुदृढीकरण तथा भेटघाट अभियान सुरु

प्रकाशित मिति :  5 January, 2024 10:38 am


रोल्पा । नेकपा (एमाले) रोल्पाले संगठन सुदृढीकरण तथा भेटघाट अभियान सुरु गरेको छ ।

संगठन सुदृढीकरण अभियान सुनछहरी गाँउपालिकाबाट सुरु गरिएको नेकपा एमाले रोल्पाका सचिव अमृत बुढामगरले जानकारी दिए ।

बिहीवार सुनछहरी गाँउपालिकाको पोबाङमा पालिका स्तरको वैठक भेला गरेर विगतको समीक्षा गर्दै आगामी योजनाबारे छलफल भएको छ ।

बैठकले जनताहरूको विविध समस्याबारे गाँउपालिका, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउनुका साथै तीन तहकै सरकारले गरिरहेको गतिविधिलाई नजिकबाट नियाल्दै अनियमितता भए खबरदारी गर्ने निर्णय गरेको छ ।

संगठन सुदृढीकरण तथा भेटघाट अभियानमा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगर, एमाले रोल्पाका कार्यवाहक अध्यक्ष विजयकुमार घर्तीमगर, सचिव अमृत बुढामगर, अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सन्तोष बाठा मगर, अनेरास्ववियु रोल्पा संयोजक सूर्य बि.क. लगायत नेता सहभागि छन् ।

अभियान कार्यक्रम आज लुंग्री गाउँपालिकामा हुनेछ भने २१ गते सुनिलस्मृति, २३ गते रुन्टिगढी, २४ र २५ गते त्रिवेणी, २६ गते गंगादेव, २७ गते माडी, २८ गते परिवर्तन र २९ गते थबाङ गाँउपालिकामा पुगेर समापन हुने एमाले रोल्पाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !