२५ बैशाख २०८१, मंगलबार

कोशी र गण्डकीका उच्च पहाड र हिमालमा हिमपात हुने, तराइको हुस्सु मध्यान्हसम्म हट्ने

प्रकाशित मिति :  7 January, 2024 8:01 am


काठमाडौँ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार देशका तराई भू–भागका केही स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्नेछ भने मध्यान्हसम्म हट्दै जानेछ।

हिमपात, हुस्सु र चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सचेत रहन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !