२५ बैशाख २०८१, मंगलबार

नेप्सेमा २६ अंकको गिरावट

प्रकाशित मिति :  7 January, 2024 4:25 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयबजारमा गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ६.१६ अंकले घटेर ३७३.०० अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमुहमध्ये हाइड्रो उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा कारोबारको आधारमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ५६ हजार ४ सय ४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कुल ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !