५ जेष्ठ २०८१, शनिबार

राष्ट्रियसभा सदस्यका लागि कृष्णप्रसाद सिटौलाले दिए उम्मेदवारी

प्रकाशित मिति :  8 January, 2024 11:34 am


काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।

सिटौलाले सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् ।

सिटौलालाई आइतवार कांग्रेस संसदीय बोर्डको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।गएको निर्वाचनमा उनलाई राप्रपाका राजेन्दे लिङ्देनले हराएका थिए ।



प्रतिक्रिया दिनुहोस !