२५ बैशाख २०८१, मंगलबार

घट्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति :  8 January, 2024 12:15 pm


काठमाडौँ । नेपाल सुनचाँदी बजारमा आज सोमबार छापावाला सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सनको मूल्यलतोलाको ७०० रुपैयाँ घटेर तोलाको एक लाख १८ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजवी सुन तोलाको एक लाख १८ हजार २५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेकाे छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा आइतबार छापावाला सुनको मूल्य तोलाको एक लाख १९ हजार ५०० र चाँदी तोलाको १४२० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !