५ जेष्ठ २०८१, शनिबार

दूतावासले सिधै २० करोड खर्च दिने सम्झौता राष्ट्रघात हाे: बर्ताैला

प्रकाशित मिति :  10 January, 2024 1:16 pm


काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन् ।

बुधवार सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको गरे ।

बर्तौलाले भने, “भारतसँग ५ करोडको जे कार्यान्वयनको प्रक्रिया थियो, त्यो प्रक्रियाका सम्बन्धमा नेपालमा अरू पार्टीका पनि सरकार थिए भन्ने संकेत गर्नुभएको छ । कतिपय कमजोरी बिचमा भएका भएपनि अहिलेको सरकारले सच्याएर नयाँ ढंगबाट जाने हो । कमजोरीलाई सिरानी हालेर अर्को कमजोरी गर्न मिल्छ ? नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो रु नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ र यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ? सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले देशको राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।”

उनले यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको बताए । उनले सम्झौताले स्वाभिमानको जरा काट्ने काम भएको बताए । उनले भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरूले पाउनुपर्ने बताएका छ्न् ।



प्रतिक्रिया दिनुहोस !