५ जेष्ठ २०८१, शनिबार

सरकारले कृषिमा ५ प्रतिशत बजेट व्यवस्था गर्नुपर्छः सभापति राणा

प्रकाशित मिति :  10 January, 2024 4:58 pm


काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा पाँच प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् । उनले कृषिमा किसानहरुले खोजेको सेवा सुविधाअनुसारको बजेट आवश्यक रहेको बताइन् ।

“कृषिमा जुन किसिमको सेवा सुविधा नेपाली जनताले खोजेको छ । कृषिमा सेवा सुविधा मात्रै होइन । कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी हो । सरकारले कृषिमा ५ प्रतिशत बजेट हुनुपर्छ भनेर समितिबाट प्रयास गर्छौं । बाँझो जमिनको विषयमा के गर्न सकिन्छ भनेर गाँजामा अनुसन्धान गर्नेहरुले प्रश्ताव गरिरहेका छन् ।,” उनले भनिन्, “समितिमा त्यसको लागि समय दिन्छौं । किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदुतलाई पत्र लेखेको थिएँ । उहाँले रेसपोन्स गर्नुभएको छ । नेपालका १० जना भेटनरी डाक्टरहरुलाई मास्टर तालिम र स्काउटहरुलाई तालिमको लागि तयारी गर्छौं ।”

उनले भारतीय राजदुतावासको सहयोगमा बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरुलाई मास्टर तालिम दिने तयारी रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !