५ जेष्ठ २०८१, शनिबार

भुकम्प प्रभावित क्षेत्रमा फेकोफनले वितरण गर्यो राहत रामग्री

प्रकाशित मिति :  10 January, 2024 6:47 pm


काठमाडौँ । गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम गएको भुकम्प बाट पीडितलाई सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले राहत सामग्री वितरण गरेको छ ।

संस्थाका अध्यक्ष ठाकुर भण्डारीको नेतृत्वको टोलीले रुकुम पश्चिमको सानोभेरी गाउँपालिका पुगेर भुकम्प प्रभावित अति विपन्न तथा गरिब परिवारलाई १२ लाख बराबरको कम्बल, जकेट, पछयौरा, सारी लगायतका राहत वितरण गरेको हो ।

टोलीले जाजरकोटको नलगाड र छेडागाड नगरपालिकामा रहेका विकट बस्तीमा १८ लाख बराबरको न्यानो कपडा वितरण गरेको छ ।

रुकुम पश्चिम र जाजरकोटका एक हजार दुई सय भुकम्प प्रभावितलाई राहत सामग्री वितरण गरिएको हो।



प्रतिक्रिया दिनुहोस !