१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्रीद्धारा आत्मालोचना, स्थायी समिति बैठक बैशाख २५ गते

प्रकाशित मिति :  2 May, 2020 9:07 pm


काठमाण्डौं, २० वैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (नेेकपा) सचिवालय  बैठकले स्थायी कमिटी बैठक बालाउने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २४ गते सचिवालय बैठक बस्ने र २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका  छन् ।

बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनीधिसभामा लैजाने निर्णय समेत गरेको छ । सचिवालय बैठकले तत्काल संघीय संसदको बजेट अधिवेशन बोलाउन सरकारलाई सुझाव समेत दिएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कमजोरीबारे आत्मालोचना गरेका छन् । यससँगै सत्तारुढ नेकपाभित्रको विवाद स्थायी कमिटी बैठकमा पुग्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मालोचना र बामदेव गौतमलाई प्रतिनीधिसभामा लैजाने सहमतिले विवाद केही मत्थर भएको ठानिएको छ ।



प्रतिक्रिया दिनुहोस !