२५ बैशाख २०८१, मंगलबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  11 January, 2024 8:17 am


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै राति कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !