२५ बैशाख २०८१, मंगलबार

नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि टिकापुरमा सुरु हुँदै

प्रकाशित मिति :  11 January, 2024 9:11 am


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि कैलालीको टीकापुरमा सुरु हुँदैछ ।

बिहिबारदेखि कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । आजदेखि शनिबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई बोलाइएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले जानकारी दिए ।

महाधिवेशनमा देशभरिबाट करिब ८ हजार प्रतिनिधिहरू सहभागी हुनेछन् । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्नेछ । विधानअनुसार नागरिक उन्मुक्तिले महाधिवेशनबाट अध्यक्ष, सहअध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित गर्नेछ ।

टीकापुर घटनापछि जेल परेका चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टीका स्थापना गरेका थिए । श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर उनले पार्टी गठन गरेका थिए । रञ्जिता श्रेष्ठको चुनाव जितेर अहिले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रीसमेत छिन् ।



प्रतिक्रिया दिनुहोस !