२५ बैशाख २०८१, मंगलबार

लगातार घट्यो सुनको मूल्य

प्रकाशित मिति :  11 January, 2024 11:16 am


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य घटेको जनाएको छ । महासंघदे जाी गरेको विवरणमा आज बिहिबार छापावाला सुनको मुल्य प्रतितोला २०० रुपैयाँ घटेर तोलाको एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले जारी गरेको विवरणमा आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी स्थिर रहि तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो चार दिनदेखि सुनको मूल्यमा क्रमश गिरावट आएको हो ।



प्रतिक्रिया दिनुहोस !