५ जेष्ठ २०८१, शनिबार

नारायणगढ-बुटवल सडकको काममा तिब्रता आएको छः मन्त्री ज्वाला

प्रकाशित मिति :  11 January, 2024 4:30 pm


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडक खण्डको कामले तिब्रता पाएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन ।

मन्त्री ज्वालाले दुवै राजमार्गहरूको एक साइट टु लेन छिटोभन्दा छिटो सक्ने गरी कामअघि बढाइएको बताए । उनले सरकारलै सो क्षेत्रमा समस्या समाधान पहिचान गरिसकेकाले अब काम तीव्र रुपमा अघि बढ्ने दाबी गरे ।

उनले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षीय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताए । उनले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताए ।

मन्त्री ज्वालाले निर्माण सामग्रीको हकमा पनि नारायणगढ-बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताए ।

उनले सो सडकखण्डहरूमा अहिले विद्युत् पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिबद्धता व्यक्त गरे । सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए । उनले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ-बुटवल र मुग्लिन-पोखर) मा प्रगति उल्लेख्य रहेको बताए ।

मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताए । उनले काम गरे\नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र काम नभएको देखिए ठेक्का तोड्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !