२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेश समन्वय समिति गठन,संयोजकमा अमरसिंह पुन

प्रकाशित मिति :  11 January, 2024 4:52 pm


काठमाडौँ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश समन्वय समिति गठन गरेको छ ।

आज बसेको सत्ता पक्षीय गठबन्धन दलको बैठकले साझा उम्मेदवारलाई जिताउन अपिल गर्दै राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरेको हो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा गठित समन्वय समितिमा लुम्बिनी प्रदशभित्रका सबै प्रदेश सभापति अध्यक्ष एवं प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू रहने छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पार्टी कार्यालय भालुबाङमा बसेको बैठकले जिल्लाका स्थानीय तहका प्रमुख/ उपप्रमुख र जिल्ला नेतृत्वसंग भेताघाटका लागि माघ २ गतेदेखि जिल्ला जाने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशबाट ठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रबाट झक्कु प्रसाद सुवेदी र नेपाली कांग्रेसबाट विष्णुकुमारी सापकोटा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !