२४ बैशाख २०८१, सोमबार

शुक्रवार र शनिवारको मौसमः तराईका अधिकांश क्षेत्रमा हुस्सु, पहाडमा आंशिक बदली

प्रकाशित मिति :  12 January, 2024 6:23 am


काठमाडौँ। शुक्रवार र शनिवार तराई क्षेत्रमा हुस्सु लाग्ने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार शुक्रवार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

शनिवार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको मौसम पूर्वामानुमान बुलेटिनमा उल्लेख छ ।

तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस !