२५ बैशाख २०८१, मंगलबार

खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक

प्रकाशित मिति :  12 January, 2024 8:30 am


काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ ।

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । उनी लामो समय देखि लिभर क्यान्सर रोगबाट पिडित थिइन् । लिम्बुको घरैमा निधन भएको परिवार स्रोत जानकारी दिएको छ ।

उनको शुक्रवार बिहान १० बजे लेटाङ ६ को गुवाबारीमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।

लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । मन्त्री लिम्बुले केही समय अगाडि आमा समेत गुमाएका थिए ।



प्रतिक्रिया दिनुहोस !